ब्राजिलको दक्षिणी भेगमा आएको बाढीमा परेर ७५ जनाभन्दा बढीकाे मृत्यु

Jhalkonepal

 काठमाडौं,वैशाख २४

ब्राजिलको दक्षिणी भेगमा  आएको बाढीमा परेर ७५ जनाभन्दा बढीकाे मृत्यु भएकाे छ । बाढीमा परेर १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

बाढीमा कम्तिमा १ सय ५५ जना घाइते भएका छन् भने ८८ हजार जना भन्दा बढी घरबारविहीन हुन पुगेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बाढीबाट विस्थापित भएका १६ हजार जना भन्दा बढीलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।बाढी पहिरोका कारण करिब ८ लाख जनता खानेपानी, बिजुलीबाट समेत वञ्चित भएका छन् । 

प्रतिक्रिया