काठमाडौं , फागुन
२६
आइसीसी टि २० विश्वकपको लागि तयारीस्वरूप नेपाली
राष्ट्रिय पुरुष क्रिकेट टोलीको हङकङ भ्रमण अन्तर्गत आज पहिलो खेल हुँदैछ ।
नेपाल र हङकङले फ्रेन्डसिप कपको नाममा एक टि२०आई
खेल्दैछन । जसमा नेपालले टस जितेर फिल्डिङ गर्दै छ , हाल सम्म हङकङले ७ अाेभरमा २
विकेट गुमाउदै ५३ रन वनारएर खेलीरहेकाे छ भने बलिङ तर्फ अाकाश चन्द र अारिफ शेख ले
विकेट लिएका हुन ।
नेपालले
फ्रेन्डसिप कपको लागि स्थानीय टोली हङकङको सामना गर्दैछ । यो एक खेलको सिरिज
अन्तर्गत खेल हो । आइतबार भने नेपाल,
पिएनजी र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजको सुरुवात हुनेछ ।
क्यानले यसअघि नै टि२० फर्म्याटको ४
खेल खेल्ने भ्रमणका लागि युवा प्रतिभा समेट्दै क्यानले टोली घोषणा गरेको छ । रोहित
पौडेलको कप्तानीमा घोषित टोलीमा हाल चलिरहेको त्रिकोणात्मक टि२० सिरिजबाट कुशल
भुर्तेल,
विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी र सागर ढकाल नियमित छन्
। टोलीमा आकाश चन्द र लोकेश बम थपिएका छन् । आकाश पहिलो पटक टि२०आई टोलीमा परेका
हुन् ।
मार्च १० देखि १३ सम्म भने टि२०आई
त्रिकोणात्मक सिरिजको खेल हुनेछ । नेपाल र हङकङले मार्च १० मा खेल्दा मार्च १२ मा
पिएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ । मार्च १३ मा फाइनल हुनेछ । लिग तालिकामा
तेस्रो हुने टोलीले हङकङ ए सँग टि२० खेल खेल्नेछ ।