काठमाडाैं , बैशाख १०
मन्त्रिपरिषद्काे नियमित बैठक आज बस्दैछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान १० बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।
सरकारले केही अध्यादेशमार्फत केही ऐनहरूको संसोधन गर्दैछ।
आइतबार धनगढीमा प्रधानमन्त्री प्रचण्डले एक दर्जनभन्दा बढी ऐनहरू अध्यादेशमार्फत संशोधन गर्न लागिएको बताउनुभएकाे छ ।
त्यसबारेमा आजको मन्त्रिपरिषद बैठकले निर्णय गर्ने छ ।
९ बैशाख २०८१, सोमबार ०७:३० मा प्रकाशित