काठमाडौं , माघ ११
राष्ट्रियसभा
निर्वाचनमा वाग्मती प्रदेशमा सत्तारूढ गठबन्धनका चार उमेदवार निर्वाचित भएका छन् ।
अन्यमा जीतजंग बस्नेत, महिलातर्फ कांग्रेसकी विष्णुदेवी
पुडासैनी, अपांगतर्फ माओवादी केन्द्रका
श्रीकृष्णप्रसाद अधिकारी र नेकपा (एकीकृत समाजवादी)बाट दलिततर्फ घनश्याम रिजाल
विजयी भएका हुन् ।
अन्यमा बस्नेतले ६
हजार ५३१ , पुडासैनीले ६ हजार ६२२, , अपांगतर्फ अधिकारीले ६ हजार ३८३ र दलिततर्फ रिजालले ६ हजार ५१२
मतभार प्राप्त गरेका थिए ।
महिलातर्फ एमालेकी रोचकुमारी
चौलागाईंले दुईहजार ५५२ मतभार, दलिततर्फ ध्रुवराज बिकले तीनहजार ५२ , अपांगतर्फ त्रिलोचन निर्मल पौडेलले
दुई हजार ७३४ मत, अन्यतर्फ विवेक देवकोटाले दुई हजार
३५९मतभार प्राप्त गरे ।
१० माघ २०८०, बिहिबार ०६:०६ मा प्रकाशित