काठमाडौं , फागुन
३०
हङकङकाे मोङककमा जारी खेलमा पीएनजीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा
१७१ रन बनाएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित
२० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो ।
पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै,
हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०,
हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए ।
नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन/तीन,
करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।
२९ फाल्गुण २०८०, बुधबार ०१:४२ मा प्रकाशित