करिब आधा किलो सुनसहित एक जना पक्राउ

Jhalkonepal

काठमाण्डाै , माघ ७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आधा किलो सुनसहित एक जना पक्राउ परेका छन्।

आइतबार बिहान १० बजे कतार एयरबाट दोहा हुँदै काठमाडौं आएका एक जनालाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले जानकारी दिए। 

पक्राउ पर्नेमा झापाका २३ वर्षीय खगेन्द्र दर्जी छन्।

कतारको दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए ।

गत सोमबारदेखि विमानस्थल भन्सार चेकिङका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ। 

यसअघि सामान चेकिङमा निजी कम्पनीका सुरक्षाकर्मी खटिने गरेका थिए। अर्थ मन्त्रालयको अनुरोध पछि गृह मन्त्रालयको निर्देशनमा सशस्त्र प्रहरी बल खटाउन थालिएको हो। 

अहिले सशस्त्र प्रहरी बल र भन्सारका कर्मचारीको टोलीले चेकिङ गर्न थालेको हो। यसक्रममा आइतबार बिहान सुनसहित एक जना समातिएका हुन्।

प्रतिक्रिया