विराटनगरका निजी विद्यालयले छात्रावृती नदिएपछि महानगर आफैले प्रवेश परीक्षा लियो

Jhalkonepal


विराटनगर, भदौ १६

विराटनगर महानगरपालिकाले संस्थागत विद्यालयले दिने १० प्रतिशत छात्रवृत्तिको लागि प्रवेश परीक्षा लिएको छ । महानगरले शनिवार कक्षा ११ का लागि छात्रवृत्तिको प्रवेश परीक्षा लिएको हो । नेपाल सरकारको नियमअनुसार सबै निजी शैक्षिक संस्थाले अनिवार्य रूपमा १० प्रतिशत छात्रवृत्ति कोटा छुट्याउनुपर्नेछ । 

त्यही अनुसार महानगरले आफैँले प्रवेश परीक्षा लिएको मेयर नागेश कोइरालाले बताए । महानगरले लिएको छात्रवृत्तिमा ११ सय ५० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६९८ जनाले छात्रवृत्ति पाउनेछन् । 

छात्रवृत्तिका लागि लिइएको प्रवेश परीक्षामा महानगर क्षेत्रभित्र ११ र १२ कक्षा सञ्चालन गर्ने १४ वटा विद्यालयले सहभागिता जनाएका छन् । 

यस अघि महानगरमा रहेको संस्थागत विद्यालयले छात्रावृती नदिएको गुनासो आउने गरेको थियो । 

सर्वसाधारणको गुनासोको कारण यस पटकबाट महानगर आफैले प्रवेश परीक्षा लिएर विद्यार्थीलाई छात्रावृती उपलब्ध गराउने तयारी गरेको हो । 


प्रतिक्रिया