विराटनगर ,असोज ६
विराटनगरस्थित कोसी अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको छ । बिहान
८ बजे तीर नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सो घटनाको विषयमा कसले के गरेर शौचालयमा छोडेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो ।
५ असोज २०८०, शनिवार १२:५९ मा प्रकाशित