काठमाण्डाै, भदाै २५
नेपाल सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाएको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी
निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको
हो ।
यसअघि
देशभरका सात सय ५३ मध्ये एक सय ९३ वटा पालिकाले मात्र जग्गा वर्गीकरण गर्दा
कित्ताकाटमा समस्या हुँदै आएको थियो । आजदेखि भने देशभरका मालपोत कार्यालयमा
कित्ताकाटको काम शुरू भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।
यसैबीच
भूमि व्यवस्था, सहकारी
तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुनः समस्या नआउने गरी
काम गर्न पालिकाहरूलाई आग्रह गर्नुभएको छ । तोकिएको यो आर्थिक वर्षभित्र सबै
पालिकाले प्रक्रिया पूरा गरेर कित्ताकाट रोक्न नपर्ने गरी काम गर्न मन्त्री
अधिकारीले आग्रह गर्नुभएको हो ।