विद्यार्थीमाथि भएको हिंसाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन

Jhalkonepal

काठमाडौं, साउन ५

बंगलादेशमा आन्दोलनरत विद्यार्थीमाथि भएको हिंसाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । 

बंगलादेशका विद्यार्थीहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै शनिबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्यहाँको विद्यार्थीमाथि भइरहेको हिंसा रोक्न माग गर्दै प्रदर्शन गरेका हुन् । 

 उनीहरूले त्यहाँका विद्यार्थीको पक्षमा विभिन्न नारा उल्लिखित प्लाकार्डसहित प्रदर्शन गरेका हुन् । बंगलादेश सरकारले सन् १९७१ मा पाकिस्तानसँगको ‘स्वतन्त्रता प्राप्ति’को लडाइँमा सहभागी सैनिकका छोराछोरीलाई सरकारी रोजगारीमा विशेष आरक्षणको व्यवस्था गर्ने नीति ल्याएपछि त्यहाँ दुई साताभन्दा बढीदेखि विद्यार्थीहरू आन्दोलित छन् । विद्यार्थीहरूको आन्दोलनमाथि प्रहरी र सत्तापक्षका नेताकार्यकर्ताहरूले हस्तक्षेप गर्दा आन्दोलन हिंसात्मक बन्दै गइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले शनिबारसम्म त्यहाँ मृत्यु हुनेको संख्या ३५ पुगेको उल्लेख गरेको छ ।

प्रतिक्रिया