सुनसरी, भदाै २६
कोशी प्रदेश सरकार अन्तर्गतका यातायात व्यवस्था
कार्यालयले सवारी चालक अनुमति पत्रको अस्थायी कार्ड वितरण सुरु गरेको छ ।
कोशी प्रदेश सरकारले स्थायी (स्मार्ट) कार्ड छपाई नगरुन्जेल सम्मका
लागि अस्थायी रुपमा अनुमति पत्र वितरण सुरु गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समन्वयमा कोशी प्रदेशको
आन्तरिक मामिला तथा कानून मन्त्रालयले क्युआर कोड सहितको अस्थायी सवारी चालक
अनुमतीपत्र वितरण गरेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बुधबार
मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यलय इटहरीमा आयोजित कार्यक्रममा
मोरङ र सुनसरीका चार जना सेवाग्राहीलाई अस्थायी सवारी चालक अनुमती पत्र बितरण गरेर
कार्यक्रमको सुरुवात गरेका हुन ।
सवारी चालक अनुमतीपत्रको प्रयोगात्मक परिक्षा पास गरेका
सेवाग्राहीले २ बर्षसम्म पनि कार्ड प्राप्त गर्न नसकेको अवस्थामा रसिदलाई नै
लाइसेन्सको रुपमा बोकेर हिड्नुपर्ने बाध्यतालाई हटाउन अस्थायी कार्ड बितरण गरिएको
बिभागका निर्देशक मुकेश रेग्मीले बताए ।
गत साउन
३२ गते संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको बैठकले
स्थायी कार्ड छाप्न लाग्ने समय सम्मका लागि प्रदेश सरकारले अस्थायी कार्ड छापाई
गरी वितरण गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयको कार्यान्वयन गर्दै कोशी प्रदेश सरकारले अस्थायी
सवारी चालक अनुमति
पत्र वितरण सुरु गरेको हो ।
कोशी प्रदेशमा हाल ७ वटा सवारी चालका अनुमति पत्र जारी गर्ने यातायात
व्यवस्था तथा सेवा कार्यालयहरु रहेका छन् । यी कार्यालयहरुले मासिक रुपमा करिब १८
हजार सवारी चालक अनुमति पत्र(नयाँ ,वर्ग थप, प्रतिलिपी
समेत) जारी हुने गरेको छ ।
हाल वितरण सुरु गरेको अस्थायी कार्डको अवधी एक बर्षको हुने र फोटो
तथा क्युआरकोड समेत हुने भएकाले दुरुपयोग रोकिने बिश्वास गरिएको छ ।