काठमाडौं, असार २१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार
विश्वासको मत लिने भएका छन् ।
नेकपा
एमालेले सरकारलाइ दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहालले संसदबाट
विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेससँगको
सत्ता सहकार्यको सहमतिसँगै नेकपा एमाले सरकारबाट बाहिरिसकेको छ । सरकारमा सहभागी
दलहरूमध्ये कुनै दलले आफ्नो समर्थन फिर्ता लिँदा संविधानको धारा १०० को उपधारा २
बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
प्रधानमन्त्रीले संघीय संसद सचिवालयमा पत्राचार गर्दै असार
२८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतको प्रस्ताव
२१ असार २०८१, शुक्रबार ०३:४३ मा प्रकाशित