काठमाण्डाै, माघ १०
आजमा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुनेछ । पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा आज बिहानैदेखि ती क्षेत्रमा मौसम बदली भएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिम क्षेत्रमा कतै–कतै हल्का वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ । दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनीका केही ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।
आज तराईका धेरै ठाउँमा हुस्सु लागेको छ ।
९ माघ २०८१, बिहिबार ०८:१३ मा प्रकाशित