काठमाडाैं फागुन ९
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बताएको छ।
बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
मधेश प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाको बुलेटिनमा उल्लेख छ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले बताएको छ।
८ फाल्गुण २०८०, बुधबार ०७:१२ मा प्रकाशित