मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन

Jhalkonepal

जनकपुर, भदौ २६

जनता समाजवादी पार्टी  जसपा की मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ।

आज बिहान ८ बजेर ५ मिनेटमा उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उहाको निधन भएको जसपाका सचेतक रामअशिष यादवले जानकारी दिनुभयो। 

पाठेघरको मुखको क्यान्सरबाट पीडित उहाको लामो समयदेखि उपचार चलिरहेको थियो। सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी उहा गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद चुनिनु भएको थियो । 


 



प्रतिक्रिया