काठमाडौं,पुस २१
राष्ट्रिय स्वतन्त्र पार्टी
(रास्वपा)ले संविधान संशोधनका लागि सुझाव कार्यदल बनाएको छ ।
हिजोदेखि जारी केन्द्रीय समिति बैठकले संसदीय दलका प्रमुख सचेतक
सन्तोष परियारको संयोजकत्वमा कार्यदल बनाएको हो ।
कार्यवाहक प्रवक्ता झाका अनुसार परियार नेतृत्वको कार्यदलमा
कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, असिम साह, डा.तोसिमा कार्की, डा.अच्युतम लामिछाने र मेघ आले
सदस्यको रुपमा रहनेछ ।
कार्यदलले सात वटै प्रदेशमा र संविधानविद्हरूसँग छलफल गरेर धारणा
बनाएर पार्टीको आधिकारिक धारण सार्वजनिक गरिने भएको छ ।
२० पुस २०८१, आईतबार ०२:५२ मा प्रकाशित