ताप्लेजुङ, भदौ ३०
ताप्लेजुङ जिल्लाको ल्होनाक
आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान
केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास
केन्द्रबिन्दु भएर चार दशमलव छ रिक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको
शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प गएको थियो ।
२९ भदौ २०८१, आईतबार ०७:३४ मा प्रकाशित