काठमाण्डाै, फागुन २६
जनमत पार्टीले
नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायत दलसँग पार्टी एकीकरण गर्न कार्यदल गठन
गरेको छ ।
महोत्तरीको बर्दिवासमा आईतबार र
सोमबार बसेको केन्द्रीय समितिको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको केन्द्रीय
प्रवक्ता डा. शरदसिंह यादवले विज्ञप्ति जारी गर्दै जनाएका छन् ।
‘नागरिक उन्मुक्ति पार्टी सहितका विचार र
सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न कार्यदल गठन गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
कार्यदलमा प्रतिनिधिसभा सदस्य अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव र बालगोविन्द
चौधरी रहेका छन् ।
नाउपाले पनि जनमतसँग एकीकरण गर्न शीर्ष
नेताहरूबीच भेटघाट र छलफल गरिरहेको छ ।
२५ फाल्गुण २०८१, सोमबार ०८:२१ मा प्रकाशित