सुर्खेत, साउन ११
जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठ जना घाइते भएका छन् ।
घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठ जना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो ।
ढुङ्गामाटोले बनेको एकतले घर आज बिहान भत्किएपछि १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया सङ्गीता र १४ वर्षीय नवराज अधिकारी घाइते हुनुभएको छ ।
त्यस्तै पदम, सरिता र दिनेशसहित गम्भीर घाइते हुनुभएका ६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ
१० साउन २०८१, शुक्रबार १२:५६ मा प्रकाशित