सुभेष सिनाल
काठमाण्डौं, असार ३
आइसीसी टि२० विश्वकप क्रिकेटमा लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसंग पराजित भएको छ । बंगलादेशल दिएको १०७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपालले १९.२ ओभरमा ८५ रन बनाउदा सबै विकेट गुमाएर २१ रनले खेल गुमायो । नेपालका लागि कुलश मल्लले सर्वाधिक २७ रन बनाए र यस्तै दिपेन्द्र सिंह ऐरीले २५, आसिफ सेखले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन् । नेपालका ३ जना ब्याटर शुन्यमा आउट भए ।
बंगलादेशका तान्जिम हसन सकिबले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिए । मुस्तफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । सकिब अल हसनले २.२ ओभरमा ९ रन खर्चेर २ विकेट लिए भने तस्किन अमहदले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले बलिंग गरेको नेपालले बंगलादेशलाई १०६ रनमा अल आउट गर्न सफल भएको थियो । नेपालका लागि सोमपाल कामीले पहिलो बलमै विकेट लिएर बंगलादेशलाई शुरु देखि नै दबाबमा राखेको थिए । सोमपालले ३ ओभर मात्र बलिंग गरि १० रन खर्चेर २ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले ३.३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए भने कप्तान रोहित कुमार पौडेलले ४ ओभरमा २ विकेट लिएका थिए । संदिप लामिछानेले पनि ४ ओभर बलिंग गरि २ विकेट लिए ।
बंगलादेशका सकिब अल हसनले सबैभन्दा वढि १७ रन बनाए । यस्तो मोहमदुल्लाहले १३, रसिद हुसैनले १३, जकिर अलिले १२, तस्किन अहमदले १२ र लिट्टन दासले १० रन बनाए ।