काठमाडौँ , भदाै १०
साफ
यू–२० फुटबलको फाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा बंगलादेशले
भारतलाई टाइब्रेकरमा ४-३ ले पराजित गरेको हो ।
निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएको थियो ।
यससँगै
बुधबार दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र बंगलादेश आमने-सामने हुनेछन् ।
आइतबार भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई
टाइब्रेकरमा ४–१ ले स्तब्ध पार्दै फाइनल पुगेको थियो ।
९ भदौ २०८१, सोमबार ०५:१९ मा प्रकाशित