काठमाडौं, असार २७
संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११
बजे बस्ने गरि स्थगित भएको छ ।
प्रतिनिधिसभाको आजको बैठक मन्त्री उपस्थित नभएपछि
भोलिसम्मका लागि स्थगन भएको हाे । आज अपराह्न
बसेको सभाको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले
प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएकाले संसद् बैठक चल्न नसक्ने बताएपछि
सभामुख देवराज घिमिरेले बैठक भोलिसम्मका लागि स्थगन भएको घोषणा गर्नुभयो ।
सभामुखले घिमिरेले प्रतिनिधिसभाको बैठकमा
कुनै पनि मन्त्रीको उपस्थिति नरहेकाले आजको बैठकको कार्यसूचीमा रहेको वार्षिक
प्रतिवेदन पेस गर्ने कार्यक्रम हटाइएको व्यहोरा जानकारी गराउनुभयो । प्रतिनिधिसभा
नियमावली, २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा
मन्त्रीको उपस्थिति अनिवार्य छ ।
२७ असार २०८१, बिहिबार ०६:२४ मा प्रकाशित