थुनछेक बहस सुरु भयन, रवि पुनः हिरासतमा

Jhalkonepal

काठमाण्डौ, पुस २८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुन: हिरासत चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंमा आज थुनछेक बहस नभ्याइएपछि उनलाई हिरासत पठाइएको हो । आज बयान मात्रै सकिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा आज उनको जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भएको हो । लामिछाने आज अदालतमा उपस्थित भएका थिए ।

लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया