कर्णाली पुलमा आगलागी

Jhalkonepal

धनगढी, फागुन २८

सुदूरपश्चिमको कैलालीलाई बर्दियासंग जोड्ने कर्णाली पुलमा आगालागी भएको छ । बर्दिया तर्फबाट कैलाली तर्फ प्रवेश गरिरहेको ट्रकमा आगो सल्के पछि त्यसको लप्का पुलको तारहरुमा पनि सल्केको थियो । बिरगंजबाट लाइटर बोकेर आएको ट्रकमा एक्कासी आगो सल्केर पुरै ट्रकमा फैलिए पछि आगोले पुललाई समेत समातेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणको लागि लम्कीचुहा नगरपालिकाको दमकल घटना स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण आउन बाकी छ । 

प्रतिक्रिया