जनमतकी सांसदको राजीनामा

Jhalkonepal

बुटवल, बैसाख ३०

जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङले पदबाट राजीनामा दिएकी छन्।

उनले मंगलबार प्रदेश सभा सदस्य पदबाट राजीनामा गरेको उल्लेख गर्दै सभामुख तुलाराम घर्ती मगरलाई पत्र लेखेकी छन्।

उक्त पत्र सभामुखकहाँ पुगिसकेको छैन। तर सामाजिक सञ्जालतिर उनले दिएको राजीनामा पत्रको चर्चा छ।

राजीनामाबारे सोध्न खोज्दा सांसद गुरूङसँग सम्पर्क हुन सकेन, उनको फोन अफ छ।

प्रतिक्रिया