यातायात व्यवसायीले आन्दोलन जारी राख्दा यात्रुहरू आज पनि मारमा

Jhalkonepal

काठमाडाैं, जेठ २०

यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलन जारी राख्दा यात्रुहरूले मंगलबार पनि सास्ती पाएका छन्। यातायात व्यवसायीहरूले आज पनि सार्वजनिक सवारी साधन चलाएका छैनन्।

सरकार र यातायात व्यवसायीबीच सोमबार राति छबुँदे सहमति भएको थियो। 

सरकार र यातायात व्यवसायी छलफलमा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी निर्देशिका स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत अनुरोध गर्ने सहमति भएको थियो। यसलाई गण्डकी प्रदेश सरकारले कार्यान्वयन गर्न बाँकी रहेकाले आन्दोलनका कार्यक्रम यथावत रहेको महासंघले बताएकाे छ । 

प्रतिक्रिया