दुग्ध विकास संस्थानमा महाप्रबन्धक पदमा आवेदन खुला, इच्छुक उम्मेदवारले २१ दिन भित्र आवेदन दिन सकिने

Jhalkonepal

काठमाडौं- दुग्ध विकास संस्थान (डीडीसी)को महाप्रबन्धक पदमा आवेदन खुलेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।

महाप्रबन्धकका लागि इच्छुक उम्मेदवारले गोप्य सिलबन्दी २१ दिन भित्र पेस गर्नुपर्ने छ ।

प्रशासन, व्यवस्थापन वा कानून विषयमा स्नातकोत्तर गरी ३० वर्ष पूरा भएर ६० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउने छन् ।

प्रतिक्रिया