झ्याप्ले खोलामा खसेको पहिरो ४८ घण्टापछि हटाइयाे , एकतर्फी सडक खुल्याे

Jhalkonepal

काठमाण्डौ, असाेज १४

 नागढुङ्गा–नौबिसे सडकखण्डमा पर्ने झ्याप्ले खोलामा खसेको पहिरो ४८ घण्टापछि हटाइएको छ । पहिरो हटेपछि सडक एकतर्फी खुलेको छ ।  त्यहाँ रोकिएका गाडीलाई पालैसँग काठमाण्डौतर्फ पठाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार पहिरोका कारण सडकमै रोकिएका गाडीको लामो लाइन भएकाले पहिले ती गाडीलाई गन्तव्यतर्फ पठाएपछि मात्रै अरू गाडी नियमित रूपमा सञ्चालनमा आउनेछ । काठमाण्डौबाट छुट्ने र काठमाण्डौतर्फ गुड्ने अरू गाडी अहिले चल्न नपाउने ट्राफिक प्रहरीले जनाएको छ । 

प्रतिक्रिया