एकीकृत समाजवादीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने तयारी, आन्तरिक लोकतन्त्रलाई बल दिने घोषणा

Jhalkonepal

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको नेतृत्व क्रमशः नयाँ पुस्तालाई हस्तान्तरण गर्ने रणनीति अघि सारेको छ। अध्यक्ष माधवकुमार नेपालले जारी गरेको 'अपानी' नामक दस्तावेजमार्फत पार्टीले आन्तरिक सुधार, आन्तरिक लोकतन्त्र सुदृढीकरण, र भावी नेतृत्व विकासलाई प्राथमिकतामा राखेको हो।

पार्टीले जनवादी केन्द्रीयतालाई संगठनात्मक आधार बनाउने निर्णय गरेको छ भने रणनीतिक लक्ष्यका रूपमा समाजवाद स्थापना गर्ने स्पष्ट पथ तय गरिएको छ। ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ अंगिकार गर्दै समाजवादी कार्यदिशा अँगाल्ने लक्ष्यसहितको दस्तावेजमा, समान वैचारिक धार भएका समूह तथा दलहरूसँग एकताको ढोका खुला राखिएको छ।

दस्तावेजमा मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा स्वीकार गर्दै नेपाली समाजमा विद्यमान वर्गीय अन्तरविरोध समाधान गर्ने र नव उपनिवेशवादको विरोध गर्ने नीतिगत धारणा प्रस्तुत गरिएको छ।


प्रतिक्रिया