सोल्टी होटलको सञ्चालकको जिम्मा वायु सेवा निगमका दाहाललाई

Jhalkonepal

काठमाडौं- सोल्टी होटल लिमिटेडको संस्थापक सञ्चालकमा टंक निधि दाहाल नियुक्त भएका छन् । 

नेपाल वायु सेवा निगमका मार्केटिङ विभाग प्रमुख टंक दाहाललाई सञ्चालकमा नियुक्त गरिएको हो ।

सोल्टी होटलको सञ्चालकमा दाहाललाई कात्तिक ११ गतेदेखि लागु हुनेगरी नियुक्त गरिएको छ । 

नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीको कार्यकाल समाप्त भएका कारण सञ्चालकमा दाहाललाई नियुक्त गरिएको होटलले जनाएको छ ।

प्रतिक्रिया