काठमाडौं , चैत २०
भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप अन्तर्गत आज नेपाल
र बरोडा लिगको तेस्रो खेलमा खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे हुनेछ
।
नेपाली टोली लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ
। नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट
प्रदर्शन गर्दा गुजरात ९८ रनमा अल आउट भएको थियो ।
नेपाल एसीसी मेन्स प्रिमियर कप र
टी २० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।
१९ चैत २०८०, मङ्गलबार १०:१२ मा प्रकाशित