व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्छ : सभामुख

Jhalkonepal

काठमाण्डौं, पौष ३

सभामुख देवराज घिमिरेले व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

१०औँ अन्तरव्यवस्थापिका सम्मेलनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले  संसद्को काम प्रभावकारी भए सरकारको काम पनि प्रभावकारी हुने बताए ।

सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न सम्मेलनमा व्यवस्थापिकाको सक्रियता बढाउन महत्वपूर्ण छलफल गरिएको जानकारी दिँदै सभामुख घिमिरेले सङ्घीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूची निर्माण गरिने बताए । सरकारसँग परामर्श गरी सङ्घ र प्रदेशसभासँग सम्बन्धित ऐन तथा नियम बनाउने जानकारी उनले दिए ।

सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित ऐनकानुन निर्माणमा ढिलाइ गर्न नहुने बताउँदै उनले संसद्को आगामी अधिवेशनले ती कानुन पारित गर्ने विश्वास व्यक्त गरे । 

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयतालाई प्रभावकारी रूपमा कार्यान्वयनका निम्ति आवश्यक कानुनी व्यवस्था गर्न सङ्घीय संसद् प्रतिबद्ध रहेको बताए ।


प्रतिक्रिया