काठमाण्डौ, असोज १४
सरकारले बाढीपहिरोबाट घरबास गुमाएकालाई अस्थायी आवास बनाउन अनुदान रकम दिने निर्णय गरेको छ । आज बिहान बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले सात दिनभित्र लाभग्राही पहिचान गरी अनुदान दिने निर्णय गरेको हो । लाभग्राही पहिचान भएको तीन दिनभित्रमा पहिलो किस्ताको अनुदान दिइसक्ने निर्णय भएको छ ।
पीडितले जिल्ला विपद् व्यवस्थापन समितिबाट अस्थायी आवास अनुदान रकम पाउनेछन् । अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड अनुसार पहिलो किस्तामा २५ हजार रुपैयाँ दिइनेछ । बैठकले खोज, उद्धार र राहतको कामलाई
१३ असोज २०८१, सोमबार ०२:०८ मा प्रकाशित