देशका धेरै ठाउँमा आज बिहानैदेखि मौसम बदली ,पूर्वी नेपालमा पानी पर्‍यो

Jhalkonepal

काठमाण्डौ ,चैत ७ 

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज बिहानैदेखि मौसम बदली भएको छ । देशको मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाका अनुसार आज काठमाण्डौ उपत्यकासहित कोशी र मधेश प्रदेशका केही स्थानमा भने वर्षा पनि भएको छ । यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे 

कोशी, मधेश र बाग्मती प्रदेशका थोरै ठाउँका साथै पहाडी भेगका अरु एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का पानी परिरहेकाे छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना  छ ।

प्रतिक्रिया