कैलालीमा सुधारगृहमा राखिएका एक युवकको मृत्यु

Jhalkonepal

 धनगढी ,वैशाख २६

 कैलालीमा सुधारगृहमा राखिएका एक युवकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुनर्स्थापना केन्द्र (सुधारगृह)मा २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनको छतबाट  बुधबार राति हाम फालेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्रकुमार पालले बताउनुभयो । त्यसबाट घाइते भएका शाहीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी पालको भनाइ छ ।

शाहीको निधार, गर्धन, कम्मर र दुवै हातमा चोट लागेको देखिएको छ । उनका अभिभावकले भने मृत्यु शंकास्पद भएको भन्दै निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ  ।

 

 

प्रतिक्रिया