काठमाडाैं,फागुन २४
नेपाली बजारमा सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख २५ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार हुँदा नयाँ रेकर्ड बनेको थियो ।
२३ फाल्गुण २०८०, बिहिबार ०१:२२ मा प्रकाशित