काठमाडाैं, फागुन १७
६ दिनदेखि बेपता युवककाे खाेजीका लागि आज सेती नदीकाे बाँध खाेलीदै छ । पाेखरामा माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न आज सेती नदीको बाँध खोलिने भएको हाे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार बिकले बिहान ८ बजेदेखि दीपमा रहेको बाँध खोल्न लागिएको जानकारी दिनुभयाे । प्रहरीले बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन पनि सबैमा आग्रह गरेको छ । सेती नदीमा माछा मार्ने क्रममा फागुन १३ गते साँझबाट पोखरा १ सिम्पानीका मानबहादुर लामा तामाङ सम्पर्कविहीन छन् ।
१६ फाल्गुण २०८०, बिहिबार ०७:२५ मा प्रकाशित