काठमाण्डौ, भदाै ३०
पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू
हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य ४
रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटेको छ ।
नयाँ मूल्यअनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १५९ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ ।

२९ भदौ २०८१, आईतबार ०८:४२ मा प्रकाशित