काठमाडौं,साउन १४
सर्वोच्च अदालतले पूर्वमन्त्री
गोविन्दराज जोशीलाइ भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार न्यायाधीश विनोद शर्मा र
बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद
र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो ।
यसअघि विशेष अदालतका
तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू
ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १० साउन, २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर
गरेको थियो ।
जोशीले गैरकानुनी
रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६
रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो ।
१३ साउन २०८१, सोमबार ०८:१४ मा प्रकाशित