बालेनले साेधे शिक्षा विभागका प्रमुख कोइरालासँग स्पष्टीकरण

Jhalkonepal

काठमाडौं , माघ १४

 

 महानगरपालिकाले शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको छ।

पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले शुक्रबार शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ । 

'वडा नम्बर १० स्थित रत्नराज्य स्कुललाई विज्ञान संकाय संचालन गर्न कोइरालाले स्वयं अनुमति दिएको भेटिएको छ,' शाहले भने, 'अनुमति दिने अधिकार नगर शिक्षा समितिलाई हुन्छ जसको अध्यक्ष मेयर हुने व्यवस्था छ। तर उनले आफ्‍नो अधिकार नभएको क्षेत्रमा पनि अनुमति दिएको भेटिएको छ।' त्यसबारे बुझ्न प्रमुख प्रशासकीय अधिकृतले कोइरालासँग स्पष्‍टीकरण सोधेको हो। कोइरालाले आइतबार स्पष्टीकरण बुझाएका छन्। यस्तै सचिवालयले कोइरालालाई एक साता बिदामा बस्न निर्देशन दिएको शाहले बताए। 

 

स्थानीय तहमा नगर शिक्षा समितिका संयोजक नगर प्रमुख नै रहने व्यवस्था छ । कोइरालाले अनुमति दिएपछि रत्नराज्य माविमा विज्ञान संकायमा विद्यार्थी भर्ना भएर पढाइ समेत भइरहेको छ ।

प्रतिक्रिया