काठमाडौ , जेठ २६
प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।
प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी गराएका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षीले विरोध जनाएका हुन।
२६ जेठ २०८२, सोमबार ०३:४७ मा प्रकाशित