राष्ट्रियसभा अन्तर्गत दुई संसदीय समितिको बैठक बस्दै

Jhalkonepal

काठमाडौं, जेठ २८

संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको दुईवटा संसदीय समितिको बैठक बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने तयारी छ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

 

प्रतिक्रिया