काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मिति तय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए । रास्वपा २०७९ असार ७ गते स्थापना भएको थियो ।
२९ बैशाख २०८३, बुधबार १०:४४ मा प्रकाशित