काठमाडौँ, असोज २५
भोलि विजया दशमीको दिन टीकाको उत्तम
साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।
घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत भोलि
बिहान ८ बजेर ३३ मिनेटमा रहेको टीकाको उत्तम साइत भने ११ बजेर ३६ मिनेटमा रहेको
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
दशमीको दिन देवि दुर्गा भवानीले राक्षसको बध गरेपछि विजय उत्सवका
रुपमा मनाइले दशैंमा टिका र जमरा लगाउने परम्परा रहेको छ । ठूला वा मान्यजनको
हातबाट टीका जमरा लगाएर दशैंमा आशिर्वाद थाप्ने गरिन्छ । टीका लगाउदाँ टिका
लगाइदिने व्यक्ति पश्चिम र टिका लगाउने व्यक्ति पूर्व फर्कनुपर्ने धार्मिक मान्यता
रहेको छ ।
विजया दशमीको दिन टीकाको साइत गरेसंगै देविको प्रसादको रुपमा
कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने प्रचलन रहेको छ ।
२४ असोज २०८१, शुक्रबार ०८:१२ मा प्रकाशित