काठमाडाैं, फागुन ९
काठमाडौंको स्वयम्भूमा एकै परिवारका तीन जनाकाे हत्या भएकाे छ । नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्ने ओखलढुंगाका एकै परिवारका तीन जना काेठामा मृत फेला परेका छन भने एक जना जंगलमा आफैंले पनि आत्महत्या गरेकाे अबस्थामा मृत फेला परेकाे छन ।
उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीले बताएकाे छ । श्रीमती र दुई छोरीको हत्या गरेर श्रीमानले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको हाे।
जंगलमा ३७ वर्षीय राजु घिमिरे शव फेला परेको काठमाडौं प्रहरीले जनाएकाे छ । उनले ३९ वर्षीया श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठकाे हत्या गरी अाफुले पनि अात्म हत्या गरेकाे हुन सक्ने प्रहरीले बताएकाे छ यसका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ।