काठमाण्डौ,जेठ
१५
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले
लिनुभएको विश्वासको मत सर्वोच्च
अदालतले असंवैधानिक
ठहर गरेको छ । न्यायधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले
मुख्यमन्त्री अधिकारीले यसअघि ६० सदस्य प्रदेशसभामा ३० सदस्यको मत पाउने भनी लिएको विश्वासको मत संविधान विपरीत भएको ठहर
गरेको हो । अदालतको आदेशसँगै मुख्यमन्त्री अधिकारी पदमुक्त हुनुभएको छ ।
अदालतले ४८
घण्टाभित्र प्रदेशसभाको ठूलो दल कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेलाई
मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख डिल्लीराज भट्टलाई परमादेश दिएको छ ।
गएको वैशाख २५ गते नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री पाण्डेले
दायर गरेको रिट निवेदनमा मुख्यमन्त्री अधिकारीले लिएको मत असंवैधानिक रहेको दाबी
गरिएको थियो ।
१४ जेठ २०८१, मङ्गलबार ०७:५९ मा प्रकाशित