काठमाडौं,मंसिर १
गएको आर्थिक वर्षमा सबैभन्दा धेरै
कर तिर्ने विभिन्न संस्था र व्यक्तिलाई सरकारले सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आज
भएको कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले उत्कृष्ट संस्था र व्यक्तिलाई सम्मान
गर्नुभएको हो । सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल
टेलिकम) सम्मानित भएको छ । यस्तै, वर्षभरी
सर्वाधिक आयकर तिर्ने व्यक्तिका रुपमा राजबहादुर शाह सम्मानित हुनुभएको छ ।
यस्तै एकलौटी फर्महरूमध्ये श्रुती
ट्रेडर्स, निर्याततर्फ डाबर नेपाल, कृषि तथा पशुपन्छी उद्योगमा पतञ्जली आयुर्वेद, सूचना प्रविधि सेवा निर्याततर्फ कोडावतार टेक प्रालि, बैंकतर्फ नबिल बैंक, रेमिटेन्सतर्फ सिटी एक्सप्रेस र स्वास्थ्य तथा शैक्षिक संस्थामा
लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल सम्मानित भएका छन् ।
यस्तै, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी र मूल्य
अभिवृद्धि कर विवरण र समयमै तर तिर्ने करदातामध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि
सम्मानित भएका छन् ।
यस्तै, वार्षिक कारोबार ५० देखि बढीमा एक सय करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएस एण्ड क्लियरिङ लिमिटेड सम्मानित भएको छ ।