काठमाडौ , बैशाख २१
६ वटा प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयको सूचना अनुसार नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हरूको सरूवा गरेको हो ।
कर्णाली बाहेक सबै प्रदेशका प्रमुख फेरिएका छन् । कोशी प्रदेशमा ईश्वर कार्की, मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिममा डम्बर बहादुर विक र केन्द्रीय अनुसन्धान ब्युरोमा गोविन्द थपलियालाई सरुवा गरिएको छ ।
२० बैशाख २०८२, आईतबार ०९:०९ मा प्रकाशित