काठमाडौं- कवाड व्यवसायी संघर्ष समितिले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ।
कवाड व्यवसायी, कवाड संकलक मजदुरमाथि महानगरपालिकाद्वारा विगत २ वर्ष देखी भइरहेको अन्यायपूर्ण ज्यादती, कुटपिट, सामान जफत र संरचना भत्काउने कार्यको विरोध स्वरूप महानगर घेराउ गर्न लागेको समितिले जनाएको छ।
बिहान ११ बजे भृकुटी मण्डपमा भेला भई काठमाडौं महानगर कार्यालय कमलादी जाने उनीहरुको कार्यक्रम छ।
११ भदौ २०८२, बिहिबार ०९:२२ मा प्रकाशित