मुस्ताङमा गयाे हिमपहिराे, आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

Jhalkonepal

 मुस्ताङ, भदौ ७

 मुस्ताङको थासाङ गाउँपालिका-२ मा हिमपहिरो गएको छ । कोबाङको बोक्सिखोलामाथि हिम पहिरो आएर खोला थुनिएको भन्दै जिल्ला प्रशासन कार्यालयले आसपासका बासिन्दालाई  सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हिमपहिरो स्थानीय बोक्सी खोला भन्दा आधा घण्टामाथि रोकिएको छ । कुनै पनि बेला उक्त पहिरो बगेर तल आउने भएकाले त्यसको जोखिम आंकलन भइरहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । उक्त पहिरो बगेर एककिलोमिटर तल आइपुग्यो भने कालीगण्डकीमा पुग्छ । हिम पहिरोबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया